आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्कासन

2022-02-20
आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्कासन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज(फागुन ८ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि बिओके क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासनआगामी फागुन २९ गते बन्द हुनेछ । लगानीकर्ताले बिओके क्यापिटल नारायणचौर काठमाण्डौ तथा समृद्धि फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय हेटौडा, तथा शाखा कार्यालयबुटवल,पोखरा,चितवन नारायणगढ,पुतलीसडक काडमाण्डौबाट आवेदन दिन सक्नेछन् ।   

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत मंसिर २९ गते २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो ।  


Share this with your friends: