आरएमडीसी लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

2021-12-01
आरएमडीसी लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठक आर्थिक वर्ष २०७७÷७८का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५ करोड १७ लाख ११ हजार ०९६ रुपैयाँबराबरको नगद लाभांस रहेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिेनछ।     


Share this with your friends: