आरएसडिसी लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-10-03
आरएसडिसी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँड हिसाब तथा सन्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ हजार ९७६ रुपैयाँबराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४२० रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभास नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

 


Share this with your friends: