इटलीको शीर्ष बीमा कम्पनी रुसबाट बाहिरिँदै

2022-03-07
इटलीको शीर्ष बीमा कम्पनी रुसबाट बाहिरिँदै

काठमाण्डौ । इटलीको अग्रेणी बीमा कम्पनी‘जेनेरेली’ रुसबाट बाहिरिने भएको छ। रुसले युक्रेनमा आक्रमण जारी राखेसँगै कम्पनीले मस्कोमा रहेको आफ्नो कार्यालय बन्द गर्ने जनाएको हो। 

इटलीको सबैभन्दा ठूलो बैंक इनटेसा सानपोलोले रुसमा आफ्नो उपस्थिती रहने÷नहरने भन्ने विषय पुनरावलोकन गरिरहेका बेला जेनेरेलीको यस्तो निर्णय सार्वजनिक भएको हो। इनसेटा सानपोलोले रुसमा आफ्नो उपस्थितीका बारेमा रणनैतिक पुनरावलोकन गर्नुका साथै युक्रेनमा रहेका कर्मचारीहरुलाई देश छोड्न सहयोग गरिरहेको छ। 

यसअघि सोसाइटी जेनरलले रुसले युक्रेन संकटलाई मध्यनजर गर्दै बैंकको सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी दिएको थियो। 
यस्तै जेनेरेलीले रुसको सबैभन्दा ठूलो बीमा कम्पनी इन्गोस्त्राखको सञ्चालक समितिमा रहेको सीट समेत छोड्ने जनाएको छ। रुसको सबैभन्दा ठूलो बीमा कम्पनी इन्गोस्त्राखमा जेनेरेलीको ३८.५ प्रतिशत स्वामित्व छ। 

कम्पनीले इन्गोस्त्राखमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने कुनै योजना नरहेपनि यसको विकल्पका बारेमा भने योजना बनाईरहेको जनाएको छ। 
युरोपको तेस्रो ठूलो बीमा कम्पनीका रुपमा रहेको जनेरेलीले लगानी र बीमा व्यवसायका आधारमा रुसी बजारप्रति रहेको आफ्नो एक्सपोजरको निरन्तर मूल्यांकन गरिरहेको
जनाएको छ।  

युक्रेनमा रुसले आक्रमण गरेसँगै पश्चिमा देशहरुले रुससँगको निकटता कम गरिरहेका बेला इटलीको बीमा कम्पनीले यस्तो कदम चाल्न लागेको हो। 

 


Share this with your friends: