उन्नति सहकार्य लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-04-25
उन्नति सहकार्य लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस २८ गते सम्पन्न ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । 

संस्थाले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको हितग्राही खातामा वैशाख ११ गतेदेखि जम्मा गरेको हो । 

बुक क्लोज मितिपश्चात हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा भने अद्यावधिक गरेपछि जम्मा गरिने व्यवस्था गरिएको संस्थाले जनाएको छ । 


Share this with your friends: