ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कामना सेवा विकास बैंकद्वारा बोर्डमा आवेदन

2021-07-22
ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कामना सेवा विकास बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले ‘१० वर्षे ९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासनका लागि असार साउन ३ गते बोर्डमा आवेदन दिएको हो।

बैंकले  रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो । कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: