एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बाँडफाँड

2022-01-02
एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको २७ हजार २५७ कित्ता अवितरित हकप्रद सेयर पुस १५ गते बाँडफाँड गरेको हो । 

बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७।२००४ कित्ता हकप्रद सेयर गत मंसिर  २९ गतेदेखि लिलामीमा राखेको थियो । 

बाँडफाँडमा नपरेको सेयर बापतको रकम पुस १९ गतेदेखि आवेदकहरुको बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ ।  


Share this with your friends: