एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-01-30
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३०५ हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत  भदौ ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

बैंकले गत भदौ ३१ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद सेयर निजहरुको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ । उक्त समयपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशःहकप्रद सेयर जम्मा गरिने बैंकले जनाएको छ । 

यस्तै, सेयर धितोमा राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र सेयर खातामा पाउनेछन् ।

 


Share this with your friends: