एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-04-03
एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको  गत असोज १६ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो। 

संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। भदौ ३१ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको  हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 
 


Share this with your friends: