एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद निष्कासन गर्ने

2021-09-23
एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असोज २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यो हकप्रदमा गत भर्दौ ३१ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आउँदो कात्तिक १४ गते बन्द हुनेछ । लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लाजिम्पाट काडमाण्डौ तथा शाखा कार्यालयहरु पुतलिसडक, लगनखेल, पोखरा, विरगंज,बुटवल, विराटनगर, एक्सेल डेभलपमेन्ट बैंक केन्द्रिय कार्यालय तथा सम्पूर्ण कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।   

बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत साउन ३१ गते २४ लाख ३३ हजार ३६३।६७ कित्ता हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: