एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2021-11-15
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(कात्तिक २९ गते)अन्तिम दिन रहेको छ । बैंकले गत असोज २५ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद(१०.३)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । बैंकले हकप्रद निष्कासनका लागि गत असोज १ गतेदेखि बुक क्लोज गरेकाले भदौ ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।  

बैंकको हकप्रद निष्कासनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। 
लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लाजिम्पाट काडमाण्डौ तथा शाखा कार्यालयहरु पुतलिसडक, लगनखेल, पोखरा, विरगंज,बुटवल, विराटनगर, एक्सेल डेभलपमेन्ट बैंक केन्द्रिय कार्यालय तथा सम्पूर्ण कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।   

बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत साउन ३१ गते २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: