एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड

2021-12-03
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। बैंकद्वारा निष्कासन गरिएको हकप्रद सेयर मंसिर १६ गते बाँडफाँड गरिएको हो । 

बैंकले गत असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद(१०ः३)अनुपातमा हकप्रद निष्कासन गरेको थियो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई २४ लाख ६हजार १०६.४७३८ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो ।


Share this with your friends: