एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर लिलामीमा

2021-12-15
एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर आज( मंसिर २९ गते)देखि लिलामीमा राखेको हो । 

यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएकाले लगानीकर्ताले सो मूल्यभन्दा बढी रकम अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सेयर संख्याका लागि कुनै हद तोकिएको छैन । 

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाण्डौ तथा शाखा कार्यालयहरु पुतलिसडक लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर विरगंज, र गोल्खाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगंज र धनगढीमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले पुस ७ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 

यो लिलामी सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: