एनआईसी एशिया बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने

2021-06-24
एनआईसी एशिया बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । एनआईसी एशिया बैंकले गत असार ०६ गतेदेखि निष्कासन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिने सकिनेछ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो । 

यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १५ लाख कित्ता लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

बैंकको धितोपत्र बिक्री प्रबन्धकमा सन राइज क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: