एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-07-04
एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(असार २० गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो । 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो । 

यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १५ लाख कित्ता लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

बैंकको धितोपत्र बिक्री प्रबन्धकमा सन राइज क्यापिटल लिमिटेड रहेको छ ।     


Share this with your friends: