एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्सड् फन्डको लाभांस घोषणा

2021-08-01
एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्सड् फन्डको  लाभांस घोषणा

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्सड् फन्डको प्रतिफल(लाभांस)घोषणा गरिएको छ । एनआईसी एशिया क्यापिटलको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई म्युचुअल फन्डको लाभांस घोषणा गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि एनआईसी एशिया ग्रोथ फन्डका एकाईधनीहरुलाई ३० प्रतिशत नगद लाभांस(कर सहित)वितरणको घोषणा गरेको छ । प्रस्तावित लाभांसमा २५ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ । 

यस्तै सोहि दिन नै बसेको सञ्चालक समितिको बैठकले एशिया ब्यालेन्सड् फन्डका इकाईधनीहरुका लागि ३० प्रतिशत नगद लाभांस(करसहित) वितरणको घोषणा गरेको छ । प्रस्तावित लाभांसमा २२ क रोड ६५ लाख रुपैयाँ रहेको छ । 


Share this with your friends: