एनआईसी एशिया बैंकद्वारा लाभांस वितरणको प्रस्ताव रद्द

2022-01-24
एनआईसी एशिया बैंकद्वारा लाभांस वितरणको प्रस्ताव रद्द

काठमाण्डौ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणको प्रस्ताव रद्द गरेको छ । बैंकले गत कात्तिक ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांस रद्द गर्ने निर्णय गरेको हो । 

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कन्जर्भेसेन बफर प्रयाप्त  नदेखिएका कारण बैंकद्वारा प्रस्तावित लाभांस वितरणको प्रस्ताव अस्वीकृत गरेको थियो । यसै कारण बैंकको लाभांस वितरणको प्रस्ताव रद्द गरिएको बैंकले जनाएको छ । 

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको थियो । 


Share this with your friends: