एनआईसी एशिया बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

2022-03-11
एनआईसी एशिया बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी चैत २० गते आइतबारका दिन काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै आ।व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।


Share this with your friends: