एनआरएन लघुवित्तको विशेष साधारणसभा आज, एफपिओ निष्कासन प्रमुख अजेन्डा

2020-10-04
एनआरएन लघुवित्तको विशेष साधारणसभा आज, एफपिओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित विशेष साधारणसभा आज हुँदै छ। 

संस्थाको गत असोज ४ गते बसेको सञ्चाकल समितिको ५२ औँ बैठकको निर्णअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारणसभा आज हुन गइरहेको हो। 

संस्थाको यो सभा धनगटीस्थित दिनेश होटलमा आयोजना हुनेछ। 

सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना परिवर्तन गर्ने मुख्य अजेन्डाहरुले प्रवेश पाउनेछन्।

सभामा संस्थाले पुनःसर्वसाधारणका लागि एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ। 

यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थाको नाम परिवर्तन गरी प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभामा अनुमोदन हुनेछ। 

सभाले संस्थामा गाभिएका साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिव्य लघुवित्त वित्तीय संस्थासँगको मर्जर अनुमोदन गर्नेछ। मर्जरपछि कायम रहने एनआरएन लघुवित्तको आगामी चारवर्षे कार्यकालका लागि चारजना संस्थापक र दुईजना सर्वसाधारणका तर्फबाट गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने निर्णय पनि सभाले पारित गर्नेछ। 

 


Share this with your friends: