एफपीओ निष्कासनको मुख्य अजेन्डासहित युनिक नेपाल लघुवित्तले डाक्यो विशेष साधारण सभा

2021-09-09
एफपीओ निष्कासनको मुख्य अजेन्डासहित युनिक नेपाल लघुवित्तले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो । 

बैठकले आगामी असोज ८ गते शुक्रबारका दिन कोहलपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा थप सर्वाजनिक निष्कासन(एफपीओ)निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै संस्था र घोडीघोडा लघुवित्त एक आपसमा गाभ्नेरगाभिने विशेष प्रस्ताव पारित गरिनेछ । यसैगरी संस्थाको अधिकृत पूँजी वृद्धि गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन तथा थप गर्ने, नियमावलीमा आवश्यक संसोधन तथा थप गर्ने र यस कार्यका लागि अख्तिारी प्रदान गर्ने र भविष्यमा अन्य कुनै लघुवित्त एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति वा समाहित हुने प्रयोजनका लागि अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: