एभरेष्ट बैंकद्वारा ऋणपत्रको लगानी रकम तथा ब्याज फिर्ता लिन आउन आग्रह

2021-07-08
एभरेष्ट बैंकद्वारा ऋणपत्रको लगानी रकम तथा ब्याज फिर्ता लिन आउन आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ नामक ऋणपत्रको लगानी रकम र ब्याज समेत फिर्ता गर्ने भएको छ । यो ऋणपत्रको समयावधि आगामी असार ३१ गते समाप्त हुने हुँदा बैंकले ऋणपत्रधनीहरुलाई आवश्यक कागजात सहित लगानी रकम र ब्याज भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । 

उपत्यकाभित्रका ऋणपत्रधनीहरुले एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाट काठमाण्डौ र उपत्यका बाहिरका ऋणपत्रधनीहरुले एभरेष्ट बैंकको पायक पर्ने कुनै पनि शाखा कार्याहलहरुमाफर्त ऋणपत्रको सक्कल प्रमाणपत्र(ब्याज भुक्तानी पूर्जा समेत)नेपाली नागरिकताको प्रमाणपत्र जा आधिकारीक प्रमाणपत्रको प्रतिलिपि र रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ । 

स्वयम उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले मन्जुरीनामा साथै मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपि समेत अनिवार्य रुपले पेश गर्न बैंकले एक सूचनामार्फत जनाएको छ । संस्थागत ऋणपत्रधनीहरुको हकमा भने रकम फिर्ता लिन आउने कर्मचारीको नाम थर तथा दस्तखत नमुना सहितको रकम फिर्ताका लागि अुनुरोध गरेको पत्र समेत राखि पठाउन बैंकले आग्रह गरेको छ । 


Share this with your friends: