एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

2021-07-28
एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

यससम्बन्धी सम्झौतामा एभरेस्ट बैंकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।  

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन गर्ने भएको हो। बैंक १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। यो ऋणपत्रको अवधि ८ वर्षको हुनेछ। लगानीकर्ताहरुले यस ऋणपत्रबाट वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्। 

बैंकले हाल आफ्ना आफ्नो १०३ वटा शाखा कार्यालय र ३ वटा एक्सटेन्सनकाउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


Share this with your friends: