एभरेष्ट बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आउन आग्रह

2021-08-18
एभरेष्ट बैंकद्वारा पुरानो लाभांस रकम बुझिलिन आउन आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न आर्थिक वर्षहरुमा प्रदान गरिएको ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । 

बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस भुक्तानी लिन बाँकी तथा लाभांस पूर्जा हालसम्म पनि नलिएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र÷डि–म्याट खाताको विवरण, सेयर सम्बन्धि कागजात र परिचयपत्र लिई  बैंकको सेयर शाखामा सम्पर्क राखि लाभांस रकमको भुक्तानी लिन सूचित गरेको छ ।  


Share this with your friends: