एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-12-03
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित  ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५८३ रुपैयाँ कायम थियो । 

बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांसका रुपमा ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ ।


Share this with your friends: