एभरेष्ट बैंकले माघ ३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने,ब्याजदर कति ?

2022-01-09
एभरेष्ट बैंकले माघ ३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने,ब्याजदर कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आगामी माघ ३ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ७ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: