एभरेष्ट बैंकको ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने

2022-01-20
एभरेष्ट बैंकको ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको ऋणपत्रमा अब लगानीकर्ताहरुले माघ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । 

बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।  

कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ।  सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ७ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८।५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: