एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

2022-02-16
एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत माघ ३ गतेदेखि माघ १७ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र फागुन ३ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो । 


रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

बैंकले गत माघ ३ गतेदेखि १७ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको थियो ।  

कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।  सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ७ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: