एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

2022-05-05
एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ४ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(वैशाख २२ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। 

बैंकले गत माघ ३ गतेदेखि १७ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।


Share this with your friends: