कर्पाेरेट डेभलेपमेन्ट बैंकको साधारणसभा असोज २९ गते, यि हुन् मुख्य अजेन्डा

2020-09-24
कर्पाेरेट डेभलेपमेन्ट बैंकको साधारणसभा असोज २९ गते, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । कर्पाेरेट डेभलेपमेन्ट बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा यहि असोज २९ गते गर्ने भएको छ। 

बैंकको सन्चालक समितिको बुधबार बसेको बैठकले उक्त साभारणसभा पर्सा जिल्लाको विरगन्जमा अवस्थित बैंकको प्रधान कार्यालयमा गर्ने निर्णय गरेको हो। 

सभामा कर्पाेरेट डेभलपमेन्ट बैंक र अन्य बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया र कार्यहरु पुरा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने र सो सम्बन्धमा नियामक निकायहरुले निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउन सन्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभाले ‘ख’ वर्गको विकास बैंकले ५ जिल्ला कार्य क्षेत्र विस्तार गर्न पाउनेबमोजिम प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लामा कार्यक्षेत्र कायम गर्ने निर्णय पारित गर्नेछ। यसअघि कार्यक्षेत्र भनी तोकिएका मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लालाई भने हटाउने प्रस्ताव सभाले पारित गर्नेछ। 
सभामा बैंकको सेयरधनी दार्ता किताबमा नाम दर्ता भएका सेयरधनीहरुले आफैँ वा प्रतिनिधिमार्फत भाग लिन, छलफल गर्न मतदान गर्न सक्नेछन्। असोज ८ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन्। 

 


Share this with your friends: