काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत कात्तिक २३ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १८.५ प्रतिशत बोनस सेयर गत कात्तिक ९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। कात्तिक ९ गते पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।