कालिका पावर कम्पनीद्वारा लाभांस प्रस्ताव, साधारण सभा कहिले ?

2021-12-24
कालिका पावर कम्पनीद्वारा लाभांस प्रस्ताव, साधारण सभा कहिले ?

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ६० करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ९ करोड रुपैयाँबराबरको बोनस सेयर र ०.७८९५ प्रतिशतले हुन आउने ं४७ लाख ३७ हजार रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। कम्पनीको वार्षिक साधारण सभा आगामी पुस ३० गते शुक्रबारका दिन चितवनमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजो आयोजना हुनेछ । उक्त सभामा लाभांस वितरणको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमापथ छलफल गरी परित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु माथि छलफल गरी पारित गरिनुका साथै २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थापक सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: