किसान लघुवित्तको हकप्रद निष्कासनको अजेन्डा हटाइयो

2021-03-22
किसान लघुवित्तको हकप्रद निष्कासनको अजेन्डा हटाइयो

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद निष्कासन गर्ने आफ्नो प्रस्तावलाई वार्षिक साधारण सभाका मुख्य अजेन्डाबाट हटाएको छ। कम्पनीले आज दोस्रो वार्षिक साधारण सभा सम्बन्धी संसोधन सहितको सूचना प्रकाशित गर्दै हकप्रद निष्कासनको विशेष प्रस्तावलाई हटाएको हो। 

कम्पनीले हिजो(चैत ८ गते) वार्षिक साधारण सभा डाक्दै हकप्रद निष्कासनको विशेष प्रस्ताव गरेको थियो। एक दिन पनि नबित्दै कम्पनीले आज हकप्रद निष्कासनको आफ्नो विशेष प्रस्ताव हटाएको हो। 

कम्पनीको हकप्रद निष्कासन गर्ने भन्ने सूचना प्रकाशित भएसँगै हिजो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता १७३१ रुपैयाँ कायम भएको थियो। कम्पनीको दोस्रो वार्षिक साधारण सभा आउँदो  चैत २९ गते संस्थाको कैलाली लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै भवनमा सभा आयोजना हुदैछ। 

 


Share this with your friends: