कोरोना बीमा लेख तथा दाबी भुक्तानी सम्बन्धि जानकारीका लागि सम्पर्क नम्बर प्रदान

2020-11-08
कोरोना बीमा लेख तथा दाबी भुक्तानी सम्बन्धि जानकारीका लागि सम्पर्क नम्बर प्रदान

काठमाण्डौ । आम सर्वसाधारणमा कोरोना बीमा सम्बन्धि अन्यौल तथा गुनासाहरु बढ्न थालेपछि नियामक निकाय बीमा समितिले कोरोना बीमा सम्बन्धि जानकारीका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ। बीमा समितिले एक सूचना जारी गर्दै कोरोना बीमा लेख तथा सो को दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श, तथा गुनासो सुनुवाईका लागि सम्पर्क व्यक्ति तथा सम्पर्क नम्बर उपलब्ध गराएको हो।  

कोरोना बीमा लेख तथा सो को दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श, तथा गुनासो सुनुवाईका लागि पुजन ढुंगेल(अधिकारी)लाई ०१–५५२१०७९(१०७ एक्सटेन्सन नम्बर)मा, निर्मल अधिकारीलाई ०१–५५२१०७९(१५३ एक्सटेन्सन नम्बर)मा र केदार नाथ भट्लाई ०१–५५२१०७९(१२३ एक्सटेन्सन नम्बर)मा  सम्पर्क गर्न सम्बन्धि सबैमा समितिले अनुरोध गरेको छ। यसका साथै टोल फ्रि नम्बर १६६०–०१–५६७८९ मा समेत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। 

कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै बीमा समितिले गत बैशाख ४ गते सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख जारी गर्न निर्देशन दिएको थियो। बीमा समितको निर्देशनपछि बैशाख ७ गतेबाट कोरोना बीमा लेख जारी भएको थियो। 

 

 


Share this with your friends: