गरिमा विकास बैंकको ऋणपत्र निष्कासन आजदेखि

2021-12-02
गरिमा विकास बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज(मंसिर १६ गते)देखि ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको  ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ।  सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँडपऋणपत्रसहितश्चात बाँकी रहेको ३ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा मंसिर २० गते र ढिलोमा पुस १ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख कित्ता लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.७५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


Share this with your friends: