गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड

2021-12-29
गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत मंसिर १६ गतेदेखि पुस १ गतेसम्म जारी गरिएको १ अर्ब रुपैयाँबराबरको ‘ गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्र पुस १३ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो । 

रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

बैंकले गत मंसिर १६ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको  ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गरेको थियो ।  

कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।  सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँडपऋणपत्रसहितश्चात बाँकी रहेको ३ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 


Share this with your friends: