काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ४८१.०३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५८ रुपैयाँ थियो।
बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको कुल १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १५ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।