गुडविल फाइनान्सद्वारा लाभांस प्रस्ताव

2021-12-13
गुडविल फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय)संस्थाले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांस गरी कुल १३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा २०७८ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजी ८६ करोड ७२ लाख रुपैयाँको ९.१ प्रतिशतले हुन आउने ७ करोड ८९ लाख १५ हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर र ३.९ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांस(करसहित)रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी २७ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 


Share this with your friends: