गुराँस लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-09-27
गुराँस लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १६.९०६४७४५ प्रतिशत बोनस सेयर र ०.८८९८१४४ प्रतिशत नगद लाभांस गरी कुल १७.७९६२८८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 
संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ८ करोड ३४ लाख रुपेयाँको १६.९०६४७४५ प्रतिशतले हुन आउने १ करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर र ०.८८९८१४४ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन् । 
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।     


Share this with your friends: