गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-04-11
गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी वैशाख २१ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै आ.व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। यसैगरी संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी वैशाख ६ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।   

 


Share this with your friends: