चिलिमे हाइड्रोपावरद्वारा लाभांस घोषणा, बोनस र नगद कति ?

2020-12-01
चिलिमे हाइड्रोपावरद्वारा लाभांस घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको आज(मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांस हाल कायम चुक्तापुँजि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब १४ करोड १९ लाख ५२ हजार ५८६ रुपैयाँ बराबरको लाभांस रहेको छ। 

प्रस्तावित कुल लाभांसमध्ये १० प्रतिशतले हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले नै हुन आउने ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भइपछि वितरण गरिनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ ।

 


Share this with your friends: