छिमेक लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-11-18
छिमेक लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँको २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल ३० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा चुक्तापूँजीको २७ प्रतिशतले हुन आउने ४९ करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुने आउने ५ करोड ४९ लाख रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारणबाट पारित गरी वितरण गरिनेछ ।  


Share this with your friends: