छ्याङदी हाइड्रोपावरद्वारा लाभांस वितरण र हकप्रद निष्कासनको प्रस्ताव, साधारण सभाको मिति पनि तय

2020-12-16
छ्याङदी हाइड्रोपावरद्वारा लाभांस वितरण र हकप्रद निष्कासनको प्रस्ताव, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफबाट सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। यस्तै बैठकले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्तापुँजीको २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत गरेको छ। 

कम्पनीको सातौँ वार्षिक साधारण सभा पुस २७ गते काठमाण्डौँ गैरीधारामा रहेको कम्पनीको केन्द्धिय कार्यालयमा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरिएको छ। कम्पनीद्वारा प्रस्तावित लाभांस यहि वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिेनछ। 

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: