जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-12-06
जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांस प्रस्ताव


काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७७/७८ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांस गरी कुल २६.३१५७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा हाल कायम सेयरपूँजी रु.११ करोड ८३ लाख २४ हजार ८ सय रुपैयाँको २५ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ८१ हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर र १.३१५७ प्रतिशतले हुन आउने १५ लाख ५६ हजार ९०६ सय रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 


Share this with your friends: