जनरल इन्स्योरेन्सको आईपीओमा ६.८२ लाख बढीको आवेदन

2020-09-29
जनरल इन्स्योरेन्सको आईपीओमा ६.८२ लाख बढीको आवेदन

काठमाण्डौ । आईपीओ आवेदन खुल्ला गरेको तेस्रो दिन आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ। 
अघिल्लो दिन जस्तै यो दिन पनि कम्पनीको आईपीओमा आवेदन दिनेको संख्या अत्यधिक देखिएको हो। 

सिडिएससीका अनुसार आज ५ बजे सम्म कम्पनीको आईपीओ खरीदका लागि ६ लाख ८२ हजार ७११ जनाले आवेदन परेको छ। लगानीकर्ताले १ करोड ९१ लाख ८६ हजार ३२० कित्ताका लागि आवेदन दिएका हुन्।  

यो कम्पनीको आइपीओमा हिजो दोस्रो दिन १ करोड  ४७ लाख १५ हजार भन्दा बढी कित्ता खरीदका लागि आवेदन परेको थियो । दोेस्रो दिन कुल ५ लाख १७ हजार भन्दा बढीको अचाक्ली आवेदन परेको थियो । 

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु। ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ । 

कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ। आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्।

 


Share this with your friends: