जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2020-09-30
जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ। 

कम्पनीले गत असोज ११ गतेबाट कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको थियो। 

कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।  
आईपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ। आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार मंगलबार अपराह्न ५ बजेसम्म यो आर्इपीओ खरिदका लागि  ६ लाख ८२ हजार ७१९ जनाले आवेदन दिएका छन् ।

 


Share this with your friends: