जानकी फाइनान्सद्वारा लाभांस प्रस्ताव

2022-01-11
जानकी फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ।व २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र ०.७८९५ नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी ६० करोड ६१ हजार  रुपैयाँको १५ प्रतिशतले हुन आउने ९ करोड ६१ लाख ७०० रुपैयाँ बराबरको बोनस सेयर र ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ४० हजार ०८९ रुपैयाँ नगद लाभांस रहेको छ । 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 


Share this with your friends: