जीवन विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव

2022-02-20
जीवन विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको  प्रस्ताव गरेको छ । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभँंस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांस गरी कुल ७३.६८ पतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर र ३.६८ प्रतिशतले हुन आउने २ करोड २४ लाख १४ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 
संस्थाद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: