जोशी हाइड्रोपावरको तीन आर्थिक वर्षको एजीएम आज

2022-02-23
जोशी हाइड्रोपावरको तीन आर्थिक वर्षको एजीएम आज

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आज(फागुन ११ गते) आयोजना हुँदैछ । 

कम्पनीको पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा नक्साल काठमाण्डौमा रहेको लिसारा हलमा भर्चुअल माध्यमबाट एकैपटक आयोजना हुन लागेको हो। 

उक्त सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व  २०७५/७६,२०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षण प्रतिवेदन सहित आ।व २०७५/७६,२०७६/७७ र २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस २१ गते एक दिनका लागि बुक गरिसकेको छ । 


Share this with your friends: