डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी बन्यो सिटिजन इन्स्योरेन्स

2022-01-03
डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी बन्यो सिटिजन इन्स्योरेन्स

काठमाण्डौ । नेपालमा डिजिटल बीमा लेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स बनेको छ । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पुर्याउन र आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत डिजिटल बीमा लेख सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

अनिवार्यरुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहजगर्दै बीमा समितिले बीमकलाई डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरीदिएपछि डिजिटल बीमा लेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी बनेको हो । 

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वसनीय बनाउँदै जाने क्रममा ुडिजिटल सिटिजनुअभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताए।

यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागी इसेवा फोनपे कनेक्ट आइपीएस लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।


Share this with your friends: