डिप्रोक्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-09-02
 डिप्रोक्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(भदौ १७ गते)बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल २१.०५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांसमा २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७२२.१४ रुपैयाँबराबरको बोनस सेयर र १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २९७.८७ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् । 

संस्थाद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।   


Share this with your friends: